करेन्ट लागेर कञ्चनपुरमा एक युवतीको मृत्यु

करेन्ट लागेर कञ्चनपुरमा एक युवतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २७ वर्षीया लक्ष्मी कुँवरको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको हो। 

आफ्नै घरमा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।