नेपालमा १ हजार ३३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

नेपालमा १ हजार ३३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६२६ जनाको पीसीआर परीक्षणमा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९५।९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।