धनगढी । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा ९६६ नमुना परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
२४ घण्टामा १२९ नमुना पिसिआर परिक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो । भने ८३७ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको निर्देशनालय डोटीले जनाएको छ । यस्तै ९२७ जनाको कोरोना परिक्षण रिपार्ट नेगेटिभ आएको छ ।