चार बच्चा जन्माए आजीवन आयकर तिर्नु नपर्ने

चार बच्चा जन्माए आजीवन आयकर तिर्नु नपर्ने

विश्वका केयौं देशहरू तीव्र जनसंख्या वृद्धिका कारण चिन्तित रहँदै गर्दा हंगेरी भने जनसंख्या नबढेर हैरान छ । हंगेरी सरकारले जनसंख्या वृद्धि गराउनका लागि नयाँ योजना अघि सारेको छ ।

हंगेरीका प्रधानमन्त्री विक्टर ओर्बनले देशको जनसंख्या बढाउन सात सुत्रीय ‘फेमिली प्रोक्टेशन एक्शन प्लान’को घोषणा गरेका छन् ।

योजनाअनुसार चार वा चारभन्दा बढी बच्चा जन्माउनेले आजीवन आयकर तिर्नुपर्ने छैन। साथै यो योजनाले मानिसहरूलाई विवाह गरेर परिवारको संख्या बढाउन प्रेरित गरेको छ ।

सरकारले जनसंख्या बढाउन अन्य तरिकाहरू पनि अपनाउने तयारी थालेको छ ।जनसंख्या कम भएर हंगेरीको परनिर्भरता बढेको प्रधानमन्त्रीको बुझाइ छ ।