बुधबार सेती प्रयोगशालामा भएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि

बुधबार सेती प्रयोगशालामा भएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बुधबार १९ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९३ नमुना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने २ जना अस्पतालमा भर्न भएको छन । उनका अनुसार हाल अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।