कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्दिनँ : विजयकुमार गच्छदार

कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्दिनँ : विजयकुमार गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिको उमेदवार नबन्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो सभापतिका लागि उमेदवारी नरहने बताएका हुन् ।

“म नेपाली कांग्रेसको सभापतिको उमेदवार छैन । भविष्यमा पनि प्रतिस्पर्धा गर्दिनँ । मैले सभापतिको लागि निर्णय गरेको छैन,” उनले भने ।

उनले आफू कुनै पनि गुटमा नरहेको पनि बताए । “कुनै नेता, गुट–उपगुटको वकालत गरेको छैन । नेपाली कांग्रेसमा बनाउन आएको हो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आदरणनीय नेता हुनुहुन्छ, दुवै नेताको समर्थन जुटाउने प्रयासमा छु,” उनले भने ।