यातायात व्यवसायीको विरोध पछि बझाङमा फेरि भाडा दरमा वृद्धि

यातायात व्यवसायीको विरोध पछि बझाङमा फेरि भाडा दरमा वृद्धि

बझाङ । बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरूको फेरि भाडा वृद्धि गरेको छ । यातायात व्यवसायीहरूले भाडा कम भएको गुनासो गरेपछि जिल्ला समन्वय समितिका संयोजक खडग बहादुर खडकाको अध्यक्षतामा बसेको सर्व पक्षीय बैठकले भाडा वृद्धि गरेको हो ।

बैठकले जिल्लाको जयपृथ्बी राजमार्गमा प्रति किलो मिटर ७ रुपैयाँ २५ पैसा र कच्ची तथा ग्रामीण सडकहरूमा प्रति किलो मिटर १२ रुपैयाँ निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले ३ दिन भित्र सबै यातायातका साधनहरूमा अनिवार्य भाडाको लिस्ट यात्रुहरूले देख्ने गरी टाँस्नु पर्ने यदि नटासेको खण्डमा कानुन अनुसार कार्वाइ गरिने बताउनुभयो ।

साथै बैठकबाट मनसुन सकिने बित्तिकै स्थानीय तहहरूले अनिवार्य सडक सफाइ गर्ने निर्णय समेत गरिएको छ । यस अगाडीको बैठकमा जयपृथ्बी राजमार्गमा ६ रुपैयाँ २५ पैसा र कच्ची सडकमा १० रुपैयाँ निर्धारण गरेको भए पनि यातायात व्यवसायीहरूले विरोध गरेपछि भाडा वृद्धि भएको हो ।

बैठकमा गाउँ तथा नगरपालिका प्रमुख,सुरक्षा निकाय प्रमुख, पत्रकार र यातायात व्यवसायी लगायत सरोकाबाला ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।