नेकपा (एस)ले भोलि महासचिव पाउने

नेकपा (एस)ले भोलि महासचिव पाउने

नेकपा एकीकृत समाजवादीको भोलि बस्ने बैठकले पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास भएको र भोलि बस्ने बैठकले महासचिव छान्ने भएको छ ।

भोलिको बैठकले पार्टीको महासचिव टुंगोसँगै स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

साथै, बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको पनि खतिवडाले बताए ।