नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य रावत बेपत्ता

नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य रावत बेपत्ता

नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्।

असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा अनन्ते मेला हेर्न गएका बान्नीगढी जयगढ गाउँपालिका -६ दर्नाका रावत सोही दिनदेखि बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ। आफन्त तथा प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। रावत स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाट अध्यक्षका उम्मेद्वार बनेका थिए।