बैतडीमा एक व्यापारीको शव फेला , हत्या भएको आशंका

बैतडीमा एक व्यापारीको शव फेला , हत्या भएको आशंका

बैतडीमा एक व्यापारीको शव फेला परेको छ। जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्।

उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको छ। मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ। 

टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन्।