एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाल चयन हुने भएका छन् । आज (बिहीबार) बिहान उपलब्ध स्थायी कमिटीका सदस्यहरुले भुसाललाई महासचिव बनाउने सहमती गरेका छन् ।

अब यो सहमति प्रस्तावकाे रुपमा आजै केन्द्रीय कमिटी बैठकमा पेस गरेर पारित गर्ने तयारी रहेको नेतृ पार्वती विसुंखेले जानकारी दिइन् ।