एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

विधान महाधिवेशनको संघारमा रहेको नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पारित गर्नेछ । विधान महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा ३ हजार प्रतिनिधिले भाग लिनेछन् ।