दशै तिहार विशेष सांस्कृतिक कार्यक्रम : असोज २२ गते प्रमोद खरेल अत्तरिया आउँदै

दशै तिहार विशेष सांस्कृतिक कार्यक्रम : असोज २२ गते प्रमोद खरेल अत्तरिया आउँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा प्रमोद खरेल आउने भएका छन् ।

अत्तरियामा रहेको सुबिधा सम्पन्न नमस्ते होटल र लामो समय देखी यस क्षेत्रको कला र संस्कृतिलाई जगेर्ना गर्दै डान्स सिकाउदै आएको क्युरिक्स डान्स स्टुडियोको संयुक्त आयोजनामा यही असोज २२ गते हुन गैरहेको दशैतिहार बिषेश सास्कृतिक कार्यक्रममा सहभागी हुन प्रमोद खरेल आउने भएका हुुन् ।

आयोजक टिमले बुधबार अत्तरियामा पत्रकार सम्मेल गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो । नजिकिदै गरेको नेपालीहरुको महान चार्ड दशैको अबसर पारेर यस क्षेत्रको कलासंस्कृतिको जोर्गेना गर्नाका लागि एक दिने बिषेश सास्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक नमस्ते होटलका संचालक लक्ष्मण धामीले जानकारी दिए ।

उनले उक्त कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपालकै चर्चित तथा लोकप्रिय गायक प्रमोद खरेल रहने बताए । नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम राखिएको छ ।

साँझ ५ बजेदेखी राति ९ बजे सम्म संचालन हुने उक्त कार्याक्रममा सहभागिता जनाउनेहरुका लागि आजैवाट टिकट बुकिङ खुल्ला गरिएको उनले बताए । उक्त कार्यक्रममा सहभगि हुनका लागि रु १५ सयको टिकट शुल्क तोकिएको संचालक धामीले बताए ।

यसमा रातिको खाना संगै पेय पदार्थ तथा फोटो सुटको सुबिधा रहेको बताए । ५ सय जना क्षमताको पार्टी प्यालेसमा कोरोना महामारीलाई मध्यनजर गर्दै करिब २ सय ५० जना मात्रै सहभगी गराइने लक्ष्य रहेको उनले बताए ।