विश्व स्वास्थ्य सङ्गठन भन्छ– ‘विश्वभर वायु प्रदूषणकाे अवस्था खतरनाक’, निर्देशिका संशाेधन

विश्व स्वास्थ्य सङ्गठन भन्छ– ‘विश्वभर वायु प्रदूषणकाे अवस्था खतरनाक’, निर्देशिका संशाेधन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले १५ वर्षपछि वायु गुणस्तर निर्देशिका संशोधन गरेको छ । वायु प्रदूषणका कारण मुटु र फोक्सोका गम्भीर बिरामीको सङ्ख्या र मृत्यु दर कम गराउनका लागि संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९४ देशका लागि निर्देशिका लागु हुनेछ ।

वायु प्रदूषणले गर्दा जलवायु परिवर्तनमा असर पुगेको र मानव जीवन तथा वातावरणकै लागि खतरा निम्त्याएको भन्दै डब्ल्यूएचओले यसबारे पहिलेको बुझाइलाई व्यापक परिवर्तन गनुपर्ने जनाएको छ । वायु प्रदूषणकै कारण हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान गइरहेको र नयाँ निर्देशिका कडाइका साथ पालना गरेमा ज्यान गुमाउनेको सङ्ख्यामा कमी ल्याउन सकिने डब्ल्यूएचओको भनाइ छ ।

डब्लुएचओले वायु प्रदूषणको चेतावनीको स्तरमा पनि परिवर्तन छ । नयाँ निर्देशिकाले पीएम २.५ (टू पोइन्ट फाइभ) भनिने सुक्ष्म कणकाे अधिकतम मात्रालाई घटाइएको छ । हावामा हुने पीएम २.५ (टू पोइन्ट फाइभ) को अधिकतम १० माइक्रोग्राम प्रति क्युविक मिटरबाट घटाएर पाँचमा झारिएको छ, यस्तै पीएम १० को मात्रालाई २० माइक्रोग्रामबाट घटाएर १५ मा झारिएको छ ।

यसअघि २.५ (टू पोइन्ट फाइभ) को पूर्ण पालना गरेको भए ८० प्रतिशत मृत्यु घटाउन सकिने पनि डब्ल्यूएचओले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले वायुलाई दूषित हुनबाट बचाउन अपिल गर्दै मानिसहरूले पनि आफ्नाे जिम्मेवारी वहन गर्न आग्रह गरेकाे छ । 

युराेप, एसिया र उत्तरी अमेरिकी देश वायुकाे गुणस्तर सुधार्न प्रयासरत रहेकाे पनि डब्ल्यूएचओले जनाएकाे छ । विश्वकाे ९० प्रतिशत नागरिक २.५ (टू पाेइन्ट फाइभ) कणकाे बीचमा श्वास फेरिरहेका छन्, याे सन् २००६ मा तय गरिएकाे मनकभन्दा धेरै हाे । याे कण श्वासप्रश्वासकाे माध्यमबाट सिधै फाेक्साेमा पुग्छ । यही कारण मुटु राेग, मधुमेह र क्यान्सरजस्ता राेगकाे खतरा बढ्ने गर्दछ ।