धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८९ नमुना परिक्षण गर्दा २२ जनामा संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै अस्पतालमा उपचाररत एकजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । हाल अस्पतालमा १३ जना संक्रममितको उपचार भइरहेको छ । जसमध्ये ३ जना आइसियुमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।