दसैँका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने

धनगढी खबर    

दसैँका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने

काठमाडौं उपत्यकाबाट घर जाने यात्रुहरूका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले आज यातायात व्यवसायी, ट्राफिक प्रहरी महाशाखाको संयुुक्त छलफलले लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने निर्णय गरेको हो ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको हो । महासचिव सिटौला भन्छन, ‘‘अग्रिम टिकट बुकिङ खुल्नेसम्म सरकारलाई भाडादर समायोजन गर्ने अपेक्षा राखेका छौँ ।

सडक मर्मतका लागि पनि छलफल भएको छ । सडक मर्मत गरेर गाडि गन्तव्यस्थलसम्म पुर्‍याउने वातावरण त्यतिञ्जेलसम्म होला ।” यातायात व्यवस्था विभागले यसपालिको दसैँमा १० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ ।



बिहिबार ०७, असोज २०७८ ०६:०५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस