बिहीबार सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि

धनगढी खबर    

बिहीबार सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा बिहिबार थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार ४१ जनाको परीक्षण गर्दा थप ४६ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १ सय १७ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना संक्रमित पाइएका छन् भने, ९ सय २४ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८९ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ।



बिहिबार ०७, असोज २०७८ ०६:४८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस