आजको मौसम पूर्वानुमान, देशभर कहाँ कस्तो रहन्छ?

आजको मौसम पूर्वानुमान, देशभर कहाँ कस्तो रहन्छ?

हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।