पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा कैलालीमा एक जना घाइते

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा कैलालीमा एक जना घाइते

धनगढी । कैलालीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -८ जमूनानगरमा नम्बर नखुलेको पिकअप भ्यानले से ४ प ५३८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक ३७ वर्षीय बमबहादुर साउद गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

साउदको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको प्रहरीले बताएको छ। पिकअप भ्यानसहित चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार राति साढे १२ बजे भएको बताइएको छ।