एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

धनगढी खबर    

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको छ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक भोलि पनि बस्नेछ ।

राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा केही दिन अघि बसेको स्थायी कमिटी बैठकमा छलफल भएको थियो । बैठकमा स्थायी कमिटी सदस्यहरुले दिएको सुझाव समेटेर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको थियो ।

एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्मका लागि तय गरिएको छ ।



शुक्रबार ०८, असोज २०७८ ०८:११ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस