अबको केही दिन मनसुन निस्क्रिय रहने

मौसम पूर्वानुमान

धनगढी खबर    

अबको केही दिन मनसुन निस्क्रिय रहने

अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । काठमाण्डौसहित देशका अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो ।

राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्य बद्ली मात्र भएर कतैकतै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । 



शुक्रबार ०८, असोज २०७८ ०९:५३ मा प्रकाशित

#मनसुन # निस्क्रिय रहने #अबको केही दिन

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस