शुक्रबार सेती प्रयोगशालामा भएको परिक्षणमा १८ जनामा कोरोना पुष्टि

शुक्रबार सेती प्रयोगशालामा भएको परिक्षणमा १८ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार १८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ९२ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएको  अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।