आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लाेर खेल्दै

एजेन्सी    

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लाेर खेल्दै

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रायल च्यालेञ्जर्स बेङ्ग्लाेर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमा ६ मा जित र दुईमा हार बेहाेरेकाे छ । उसको १२ अङ्क छ । आजको खेल जिते चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

८ खेलमा ५ मा जित र तीनमा हार बेहाेरेकाे बेङ्ग्लोर १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ  । 



शुक्रबार ०८, असोज २०७८ ०१:१२ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस