प्रचण्डसँग चितवनमै चुनाव लड्न तयार छु : बादल

धनगढी खबर    

प्रचण्डसँग चितवनमै चुनाव लड्न तयार छु : बादल
फाइल तस्विर

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले निर्णय गरेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नोबीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताए ।

कुनैबेला प्रचण्ड र बादल एउटै पार्टीको नेता थिए । तर अहिले बादल एमालेमा पुगेका छन् र प्रचण्डसँगको सम्बन्ध तोडेका छन् ।

उनले अहिले ठूलो संख्यामा नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेकोसमेत दाबी गरे । उहाले राष्ट्रिय अर्थतन्त्र र पूँजिको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए ।

उनले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध वर्तमान सरकार लागेको आरोप लगाए । उनले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताए ।



शुक्रबार ०८, असोज २०७८ ०२:१४ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस