अछामका एक जना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

अछामका एक जना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत रामारोशन गाउँपालिका १ अछामका २६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३३ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १७ जनाको मृत्यु भएको छ ।