संवैधानिक इजलाससम्बन्धी मुद्दामा एमिकस क्यूरीको राय लिइने

धनगढी खबर    

संवैधानिक इजलाससम्बन्धी मुद्दामा एमिकस क्यूरीको राय लिइने

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दामा सर्वोच्च अदालतले एमिकस क्यरीको राय लिएरमात्र थप आदेश गर्ने भएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासले एमिकस क्यूरी बाेलाउने आदेश दिएको छ ।

अधिवक्ता दीपकविक्रम मिश्र र डा.गणेश रेग्मीले दायर गर्नुभएको छुट्टाछुट्टै रिटको सुनुवाइ न्यायाधीशद्वय ढुङ्गाना र शर्माको संयुक्त इजलामा पेशी तोकिएको थियो । प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र अन्तिम (फैसला) हुने सदन आफू बिदा बस्ने भन्नुभएको भन्दै उक्त निर्णय संविधान विपरित भएको दाबीसहित अधिवक्ता रेग्मीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एक इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीश फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो ।

इजलासको आदेशअनुसार विपक्षीले लिखित जवाफ बुझाइसकेपछि सो रिटमाथि सुनुवाइको लागि शुक्रबार न्यायाधीशद्वय ढुङ्गाना र शर्माको संयुक्त इजलासमा पेशी तोकिएको हो । इजलासले एमिकस क्यूरीको बहस सुनेर मात्र आवश्यक आदेश दिने सर्वोच्चले जनाएको छ ।



शुक्रबार ०८, असोज २०७८ ०३:२० मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस