दिल्लीको एक अदालतमा गोली चल्दा,तीन जनाको मृत्यु

दिल्लीको एक अदालतमा गोली चल्दा,तीन जनाको मृत्यु

दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक ग्याङस्टार र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चल्दा ज्यान गुमाउने ग्याङस्टारको नाम जितेन्द्र मान गोगी भएको जनाइएको छ ।   

आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका बीबीसीमा उल्लेख छ । दिल्ली प्रहरीले यस घटनाको पुष्टि गरेको छ । 

‘ग्याङस्टार ९जितेन्द्र० लाई सुनुवाइका लागि अदालतमा ल्याउने क्रममा दुई आक्रमणकारीले उसमाथि गोली चलाए । प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारीको ज्यान गएको छ’, दिल्ली प्रहरी कमिस्नरले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।