नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, १ हजार ५ सय ५० जना निको

थप नौ जना सङ्क्रमितको ज्यान गुएको छ

धनगढी खबर    

नेपालमा पछिल्लो  २४ घण्टामा १ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, १ हजार ५ सय ५० जना निको

पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार ६ सय ९० जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये नौ दशमलव ४० प्रतिशतमा सङ्क्रमण देखिएको हो । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८० हजार एक सय ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५० जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ५८ हजार पाँच सय चार पुगेको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप नौ जना सङ्क्रमितको ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१ पुगेको छ । अहिले नेपालमा २० हजार दुई सय ८७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४७ जनाको आईसीयू र एक सय पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार पाँच सय ९० मात्रा कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५९ लाख ४६ हजार २२ पुगेको छ । ६३ लाख ८० हजार पाँच सय ८६ जनाले एक मात्रा खोप लगाएका छन् । 



शुक्रबार ०८, असोज २०७८ ०५:२० मा प्रकाशित

#कोरोना भाइरस #सङ्क्रमण पुष्टि

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस