पहाडका जिल्लाहरुमा भूकम्पको धक्का महसुस

भुकम्पबाट कुनै नोक्सानी नभएको

धनगढी खबर    

पहाडका जिल्लाहरुमा भूकम्पको धक्का महसुस

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिजो भूकम्पको धक्का महसुस गरिएको छ। राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायतका जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किलोमिटर भारतमा रहेको छ। यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो।



शनिबार ०९, असोज २०७८ ०८:०५ मा प्रकाशित

#भूकम्प #धक्का महसुस #भुकम्पबाट कुनै नोक्सानी नभएको

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस