नुहाउने क्रममा पानीमा डुबेर अछाममा एक बालकको ज्यान गयो

धनगढी खबर    

नुहाउने क्रममा पानीमा डुबेर अछाममा एक बालकको ज्यान गयो
फाइल तस्बिर

अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । पानीमा डुबेर ढकारी गाउँपालिका-१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालकको ज्यान गएको ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले  जानकारी दिए । स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गर्नु भएको थियो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



शनिबार ०९, असोज २०७८ ०८:४७ मा प्रकाशित

#पानीमा डुबेर # एक बालकको ज्यान #अछाम

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस