त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

धनगढी खबर    

त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिए । ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् ।

प्रत्यारोपणमा सघाउन यसपटक भारतको फोर्टिस अस्पतालका डाक्टर विजय भिजको टोली शिक्षण अस्पताल आएको थियो । शिक्षण अस्पतालमा यसअघि पाँच वटा कलेजो प्रत्यारोपण सफल भैसकेको छ । अस्पतालमा डाक्टर रमेश सिंह भण्डारीकै पहलमा कलेजो प्रत्यारोपण सुरु भएको हो ।



शनिबार ०९, असोज २०७८ ०९:५४ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस