देशभर ६४ जिल्लामा काँग्रेसको गाउँ र नगरपालिका अधिवेशन आज

नेपाली काँग्रेस चौधौं केन्द्रीय महाधिवेशन

धनगढी खबर    

देशभर ६४ जिल्लामा काँग्रेसको गाउँ र नगरपालिका अधिवेशन आज
नेपाली काँग्रेस चौधौं केन्द्रीय महाधिवेशन

सत्तारुढ दल नेपाली काँग्रेसको ६४ जिल्लाहमा गाउँरनगरपालिका अधिवेशन आज (शनिबार) देखि हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँरनगरपालिकाको अधिवेशन हुने तय भए अनुसार आज अधिवेशन सुरु हुने भएको हो ।

तर, जिल्लाहरुको हकमा जिल्ला निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको यादव बताउनुहुन्छ । काँग्रेसको बाँकी रहेका १३ जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण यी जिल्लाहरुको अधिवेशनबारे टुंगो नलागेको पनि उहाँले बताउनुभएको छ ।

आज ६४ जिल्लामा गाउँ र नगरपालिका अधिवेशन गर्ने भन्ने महाधिवेशनको कार्यतालिका हो तर, कहाँ-कहाँ सुरु भयो भन्ने आज साँझसम्ममा टुंगो लाग्छू, यादवले बताउनुभएको छ ।



शनिबार ०९, असोज २०७८ १०:०९ मा प्रकाशित

#नेपाली काँग्रेस चौधौं केन्द्रीय महाधिवेशन #जिल्ला #गाउँरनगर

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस