एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

धनगढी खबर    

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक अहिले १ बजे ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।

हिजोदेखि सुरु भएको बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि तयार पारिएका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल सुरु भएको थियो ।

आजको बैठकमा १० वटा समूहले आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्नेछन् । केही विषयमा संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने र अध्यक्ष केपी शर्मा ओलीको जवाफसहित प्रस्तावहरु पारित गरेपछि बैठक आजै समापन हुनसक्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 



शनिबार ०९, असोज २०७८ ११:२२ मा प्रकाशित

#केन्द्रीय कमिटी बैठक #बस्दै #एमालेको

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस