गर्मी भगाउन युवकले खाए १० मिनेटमै डेढ लिटर कोल्ड ड्रिंक, ६ घण्टामा मृत्यु

गर्मी भगाउन युवकले खाए १० मिनेटमै डेढ लिटर कोल्ड ड्रिंक, ६ घण्टामा मृत्यु

गर्मी भगाउन खाइएको कोल्ड ड्रिंक एक युवकका लागि मृत्युको कारण बनेको छ । डेली मेलमा प्रकाशित रिपोर्टअनुसार चीनमा यस्तो घटना भएको हो । गर्मीबाट आएका २२ वर्षीय युवकले १० मिनेटमा डेढ लिटर कोल्ड ड्रिंक खाएका थिए ।

मृत्यु भएका युवकको नाम भने गोप्य राखिएको छ । रिपोर्ट अनुसार ती युवकले कोल्ड ड्रिंक खाएको ५ घण्टापछि पेट दुख्न थाल्यो । ती युवकलाई अस्पताल पुर्‍याउँदा मुटुको धड्कन र श्वासप्रश्वास तीव्र तथा रक्तचाप न्युन भइसकेको थियो ।

चिकित्सकले कोल्ड ड्रिंकका कारण मृत्यु भएको जानकारी दिएका जनाइएको छ । कोल्ड ड्रिंकका कारण उनको शरीरमा असामान्य वायु निर्माण भएको डाक्टरले जनाएका छन् ।