शैल्यशिखरका २० वर्षीय नवीन बने अखिल क्रान्तिकारी सुदूरपश्चिमको प्रदेश सदस्य

शैल्यशिखरका २० वर्षीय नवीन बने अखिल क्रान्तिकारी सुदूरपश्चिमको प्रदेश सदस्य

दार्चुला ।  नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका २० वर्षीय नवीन विष्ट सर्वसम्मत चयन भएका छन् । विष्ट अनेरास्ववियू (क्रान्तिकारी)का दार्चुला जिल्ला सचिव पनि हुन्।

उक्त सम्मेलनले शैल्यशिखरका अर्का विद्यार्थी नेता नवराज विष्टलाई पनि प्रदेश कमिटीमा चयन गरेको छ ।दार्चुला बाट ९ जना प्रदेश कमिटीमा रहेको बताइएको छ । गत बिहीबार धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले नेता द्वय विष्टलाई प्रदेश कमिटी सदस्य चयन गरेको हो। असोज ५ गतेबाट सुरु भएको बन्द सत्रबाट ९९ सदस्य रहेको प्रदेश कमिटी गठन गरिए पनि अझै पदाधिकारी चयन भएका छैनन् ।

अहिले ९९ जना सदस्यबाट पदाधिकारी चयनका लागि तयारी थालिएको हो । सम्मेलनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष द्वय सुरेन्द्र बस्नेत, दीपक जोशी लगायतको उपस्थिति रहेको थियो।

No description available.No description available.No description available.