गेटा आँखा अस्पताल कर्मचारी युनियनद्वारा सेवा निवृत्त १५ जना कर्मचारी सम्मानित

गेटा आँखा अस्पताल कर्मचारी युनियनद्वारा सेवा निवृत्त १५ जना कर्मचारी सम्मानित

धनगढी । गेटा आँखा अस्पताल कर्मचारी युनियनको आयोजनामा शुक्रवार सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । युनियनले १५ जना सेवा निवृत्त कर्मचारीहरूलाई सम्मान गर्नुका साथै बिदाइ गरिएको कार्यक्रम संयोजक सुनिता रानाले जानकारी दिइन् । 

सम्मानित हुने कर्मचारीहरू डा. विद्या प्रसाद पन्त, भवानी प्रसाद पन्त, राम बहादुर भण्डारी, बत्ती गुरुङ्ग, मञ्जु गुरुङ्ग, हिमालय कुमारी भट्ट, गोकर्ण प्रसाद भट्ट, रिना वि.क, उर्मिला अवस्थी, कल्याण वि.क., सुदामा राना, सोमती चौधरी, कलापती खुना, शंकर चौधरी, बेलापती खुना रहेको संयोजक रानाले बताईन ।   

युनियनले विगत लामो समयदेखि अस्पतालको प्रगति र आँखा रोगका बिरामीहरूको सेवामा अहोरात्र खटिई अतुलनीय योगदान दिएका सेवा निवृत्त कर्मचारीहरूलाई कार्यक्रममा सम्मान गरिएको युनियनकी सदस्य अमृता चौधरीले जानकारी दिइन् । उनले सेवा निवृत्त भएका सम्पर्क भन्दा बाहिर र छुट्न गएका केही कर्मचारीहरूलाई आगामी कार्यक्रममा सम्मान तथा बिदाइ गर्ने समेत बताईन । 

कार्यक्रममा शुभकामना मन्तव्य गेटा आँखा अस्पतालका कर्मचारी प्रतिनिधि पवन शाह, मन्तव्य नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्य समिति कैलालीका सचिव लोक राज जोशी, सङ्घका सदस्य करुणाकर भट्टले दिएका थिए । सेवा निवृत्त कर्मचारीहरूका तर्फबाट बत्ती गुरुङ्ग, गोकर्ण प्रसाद भट्ट र कल्याण वि.कले मन्तव्य दिए ।

गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्य समिति कैलालीका सचिव लोक राज जोशी, विशिष्ट अतिथि नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्य समिति कैलालीका सदस्य करुणाकर भट्ट, अतिथिहरूमा डा. अनीश मानन्धर, डा. सम्यक शाक्य, डा. सुनिल थापा, डा. कृपा भट्टराई, डा. सेवान्त श्रेष्ठ, डा. लिनु रायमाझी, डा. अस्मिता शर्मा लगायत  रहेका थिए । 

गेटा आँखा अस्पतालको सभा हलमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रमको सञ्चालन उमेश राज भट्टले गरेका थिए ।