दार्चुलामा करेन्ट लागेर एक महिलाको मृत्यु

दार्चुलामा करेन्ट लागेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । महाकाली नगरपालिका–३ झुस्कु बस्ने अन्दाजी वर्ष ५० की द्रोपती बडूको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।

घर नजिकैको गडानि भन्ने स्थानमा घाँस काट्न गएका बेला भुईँमा खसेको विद्युतीय तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्युत् प्राधिकरण दार्चुलाको लापरबाहीका कारण घटना घटेको आरोप स्थानीयहरूको छ। अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।