सकियो एमालेको समूहगत छलफल : १० टोली नेता चयन, सुदूरपश्चिमबाट कर्ण थापा

सकियो एमालेको समूहगत छलफल : १० टोली नेता चयन, सुदूरपश्चिमबाट कर्ण थापा

नेकपा एमाले प्रतिवेदनमाथिको समूहगत छलफल सकाएको छ । शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको केन्द्रीय समिति बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो ।

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा ,लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउने भएका छन् ।