आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र पन्जाब किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

दरावाद ८ खेलमा १ जित र ७ हार सहित २ अङ्कका साथ तालिकाको अन्तिममा रहेको छ । साथै पन्जाब ९ खेलमा ३ जित ६ हार व्यहोर्दै ६ अङ्कका साथ लिगको सातौं स्थानमा रहेको छ ।चेन्नई ९ खेलमा ७ जित र २ हार बेहोर्दै १४ अङ्कसहित लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरि समान अङ्क रहेको दिल्ली रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

दिल्ली र राजस्थान बिचको खेल अहिले भइरहेको छ । राजस्थानले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको हो । तालिकाको तेस्रो स्थानमा बैङ्लोर, चौंथोमा कलकत्ता रहेको छ भने पाँचौंमा राजस्थान र छैटौंमा मुम्बई रहेको छ ।