प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेद्धवारी दिने घोषणा

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेद्धवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको भन्दै सभापतिमा उम्मेद्धवारी दिने बताएका हुन् । सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले अब सभापति भएर काम गर्न चाहेको स्पष्ट पारे ।