मुख्यमन्त्री भएको चार वर्षपछि त्रिलोचन भट्ट पहिलो पटक दोधारा चाँदनी पुगे

मुख्यमन्त्री भएको चार वर्षपछि त्रिलोचन भट्ट पहिलो पटक दोधारा चाँदनी पुगे

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री भएको चार वर्ष पछि  पहिलो पटक दोधारा चाँदनी पुगेका छ्न । उनले शनिबार  महाकाली पारीको दोधारा चाँदनी क्षेत्रको अवलोकन गरेका छन् । मुख्यमन्त्री भएपछि पहिलो पटक दोधारा चाँदनी पुगेका उनले महाकाली नदिमा निर्माण भईरहेको निर्माणाधीन चारलेनको पक्की पुलको समेत अवलोकन गरेका छ्न।

साथै बिहान झुलुंगे पुलबाट दोधारा चाँदनी पुगेका उनले सुख्खा बन्दरगाहका लागि प्रस्तावित स्थान मायापुरी र गौरीशंकर सामुदायिक वनक्षेत्र र नगर क्षेत्रमा निर्मँणाधीन अवस्थामा रहेको चक्रपथको समेत अवलोकन गरेका हुन ।

यसैगरि  मुख्यमन्त्री भट्टले वडा नं. ८ सुन्दरनगरमा पक्की पुल निर्माण हुने स्थान, वडा नं. ७ कञ्चनभोजमा निर्माण भएको पक्कीपुल र जोगबुडा पारी रहेको कञ्चनभोजको वस्तीको समेत अवलोकन गरेका छन् । ‘पहिलो पटक यहा “ पुगेको छु, यहाँका समस्या प्रत्यक्ष देखे,’ उनले भने, ‘प्रदेश सरकारका आवश्यक योजना ल्याउन पहल गर्नेछु ।’

मुख्य मन्त्री भएका ४ वर्षसम्म दोधारा चाँदनीतर्फ कुनै पनि चासो नदेखाएका उनले कार्यकाल सकिनै लाग्दा दोधराचाँदनी  पुगेका हुन् । उनले महाकाली नदी किनारको तटबन्ध संगै मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत गरिएको मसला खेति र उद्योगको पनि अवलोकन गरेका थिए ।