सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए, एक को मृत्यु

सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए, एक को मृत्यु

धनगढी । शनिबार सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार ४४ नमुना परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार १८७ जनाको पिसिआर गर्दा २१ जनामा संक्रमण देखिएको हो । भने ८५७ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कुनैमा पनि संक्रमण देखिएन ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत अछामका २८ बर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।