धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७७ नमुना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै अस्पतालमा उपचाररत थप ११ जना सङ्क्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ८ जना सङ्क्रमितको उपचार हुँदैछ ।
जसमध्ये ३ जनाको आइसियुमा र एक जना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।