धनगढीमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा भोलिदेखि लगाइने

धनगढी खबर    

धनगढीमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा भोलिदेखि लगाइने

धनगढी ।  धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा असोज १० गते (भोलि) देखी कोभीड-१९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लाउने भएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसेल खोप लाउने कार्यक्रम रहेको बताए । उनले खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको बताए ।

भोलि देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताए । बिद्यार्थीको हकमा विद्यालय तथा विश्व विद्यालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।

No description available.



शनिबार ०९, असोज २०७८ ०६:४३ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस