लम्कीमा शकास्पद बस्तु फेला

लम्कीमा शकास्पद बस्तु फेला

धनगढी : कैलालीको लम्किचुहा नगरपालिका–१ लम्की बजारमा रहेको मेघाश्री उद्योग परिसरमा शंकास्पद बस्तु फेला परेको छ ।

उद्योग परिषरभित्र बुधबार बिहान दुईवटा प्रेसर कुकर बम जस्तै शंकास्पद बस्तु फेला परेको कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरले जानकारी दिए । दुईवटा प्रेशर कुकरमा तार बेरेर राखिएको थियो ।

नेपाली सेनाको टालीले बमलाई डिस्पाज गर्नका प्रयास गरिरहेको छ । रातभरि पानी परिरहेको अवस्थामा कति बेला उक्त संकास्पद बस्तु कसले राख्यो भन्ने केही नखुलेको उनले बताए ।