एमालेले आज महाधिवेशन प्रतिवेदनलाई अन्तिम रुप दिने

एमालेले आज महाधिवेशन प्रतिवेदनलाई अन्तिम रुप दिने

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दैछ ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव)माथि समूहगत छलफल सकिएपछि आइतबार बिहान पुन: ११ बजे बैठक  बस्ने गरी सकिएको थियो ।

आजको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ। त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।