भिमदत्त नगरपालिकाको नगर सभापतिमा कलौनी निर्वाचित

भिमदत्त नगरपालिकाको  नगर सभापतिमा कलौनी निर्वाचित

कंचनपुर। जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका भिमदत्त नगरपालिकाको नगर सभापतीमा अच्युत राज कलौनी निर्वाचित भएका छ्न।  बिगत लामो समयदेखी नेपाली काङ्ग्रेसको सक्रिय राजनितीमा  होमिएका नेपाल विद्यार्थी संघका केन्द्रीय पुर्व सह-महामन्त्री कलौनी  आसन्न १४ औं महाधिवेशनबाट नगर सभापतीमा पदमा भारी मतले निर्वाचित  भएका हुन ।शनिबार सम्पन्न मतदानमा प्रतिद्वन्द्वी आशिष खत्रीलाई १ सय २३ मतले पराजित गर्दै कलौनी सभापतिमा विजयी भएका हुन ।शनिबार भएको मतदानबाट कलौनीको सम्पुर्ण  प्यानल नै विजयी भएको छ । कलौनीले २५० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी खत्रीले १२७ मतमात्र प्राप्त गरेका थिए ।

आफू सभापति भईसकेपछी नगर भित्र रहेका पार्टी र संगठनका कमि कमजोरीहरु सुधार्दै जाने उनले बताएका छ्न । उनले सर्वप्रथम पार्टी भित्र रहेको गुटगत राजनीतिलाई हटाउन मुख्य भुमिका निभाउने बताएका  ।  नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्ताहरु सङ्ग आफ्नो समान दृष्टिकोण रहने र आफ्नो जिम्मेवारी पूरा गर्ने कलौनीले बाचा गरेका छ्न । उनले नेपाली काङ्ग्रेसका आम नेता कार्यकर्ताहरुलाई गुटगट राजनीतिका विरुद्ध लाग्न आग्रह समेत गरेका छ्न । गुटगत राजनितीले पार्टीलाई नै कमजोर बनाएर लैजाने उनको भनाई छ । उनले  नगर सभापतिमा  मतदान गरि सहयोग गर्ने पार्टीका सम्पुर्ण सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका छ्न। उनले भने;”अबका दिनमा पनि काङ्ग्रेसको सिद्धान्त मुल मर्मलाई आत्मसात गरि पार्टी र संगठनलाई गाउँ गाउँ सम्म पुर्याई  बलियो  र सुदृढ काङ्ग्रेसको निर्माण गर्ने  कार्य गर्ने छु।" 

 यसैगरि उपसभापतिमा कलौनीकै प्यानलका सुशिल भट्टले  २५५ मत  र दिपेन्द्र विष्टले २३२ प्राप्त गरि  विजयी भए छ्न ।

सचिवमा नितु भण्डारी भट्टले २३६ र राहुल भट्टले २०२ मत प्राप्त गरो विजयी भएका छ्न भने सहसचिवमा केशव पाण्डे २५५ र नन्दराज पन्त १७६ मत प्राप्त गरि  विजयी भएका छन् । भीमदत्त नगरपालिकामा ३९१ मतदातामध्ये ३८७ मत खसेको थियो ।