मोहना-अत्तरिया छ लेन सडकमा टिप्पर दुर्घटना

मोहना-अत्तरिया छ लेन सडकमा टिप्पर दुर्घटना

धनगढी । मोहना अत्तरिया छ लेन सडकमा टिप्पर दुर्घटना भएको छ ।

बिहान सवा ८ बजे माटो बोकेर मनहरा पुलबाट धनगढीतर्फ आउँदै गरेको से१ख १९९८ नम्बरको टिप्पर छ लेन सडक अन्तर्गतको गेटा मेडिकल अगाडी पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 चालक रमेश धनाडीले चलाएको टिप्पर अनियन्त्रियत हुँदा सडकमा पल्टिएको बताइएको छ ।