एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्नेगरि बोलाइएको छ।

आइतबार एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित गरेको छ। 

आइतबार पनि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको थियो।