बैतडीको कठपतेमा स्कारपिओ दुर्घटनामा परेको छ । बैतडी को गोठलापानीबाट शिवनाथ गाउँपालिका जादैगरेको म १ च ६ सय २३ नम्बरको स्कारपिओ आइतबार साँझ करिब ६:३० बजेको समयमा दुर्घटनामा परेको हो । स्कारपिओ नालीमा खसेको बताइएको छ । दुर्घटनाबाट कुनै क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एबम प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभएको छ । स्कारपिओमा १० जना सवार रहेकोमा सबै जना सकुशल रहेका उहाँले बताउनुभयो । दुर्घटनाको कारण खुलेको छैन् यात्रुहरूले दिएको बयान अनुसार चालकले मदिरा सेवन गरेको प्नहरीको भनाइ छ । स्कारपिओ चालकलाइ नियन्त्रण्मा लिएर अहिले घट्नाबारे थप अनुसन्धान भइरहेको प्नहरीले बताएको छ ।